हलमा दुरी बनाएका पल र गरिमाको स्टेजमा धमाका
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र ०१, केही समयदेखि नेपाली सांगीतिक बजार तथा मिडियामा नायक पल शाह र मोडल गरिमा शर्माको प्रेम चर्चा चलिरहेको छ । उसो त, पल र गरिमा दुबैले आफूहरु प्रेममा नरहेको बताउँदै आएका छन् । तर, शनिबार आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा पल र गरिमाले मिडियाको अगाडि भने दुरी बनाउने कोशिश गरे । मिडियामा प्रेमको चर्चा चलेपछि यी दुइले दुरी बनाउने कोशिश गरेको वुझ्न सकिन्थ्यो ।
कार्यक्रममा नृत्य गर्नु अगाडि पल र गरिमा एकसाथ हलमा प्रवेश गर्दै थिए । सो समयमा मिडियाले फोटो खिचेपछि पल शाहले उनका सहयोगीलाई तस्वीर खिच्न नदिन भनेका थिए । स्टेज पछाडि दुरी बनाउने कोशिश गरेपनि स्टेजमा भने पल र गरिमाले आफ्नो नृत्यमार्फत धमाका मच्चाए ।