सेयर बजारमा लगानीकर्ता परिपक्क नभएका देखियो,

सहयात्रा टिभी

सेयर बजारका लगानीकर्ताहरूले विभिन्न हल्लाको पछि नलागी आफ्नो विवेक प्रयोग गरी बजारको स्थिति बुझेर लगानी गर्नुपर्ने देखिन्छ । देशमा राजनीति तरंगित भएसँगै सबैभन्दा पहिले सेयर बजारमा असर पर्ने गर्छ ।

आखिर लगानीकर्ताहरू केका आधारमा लगानी गर्छन् त देशमा हुने राजनीतिक खिचातानीलाई हेरेर, सरकारलाई हेरेर, दललाई हेरेर, मन्त्रीको अनुहारलाई हेरेर, कम्पनीको प्रतिवेदनलाई हेरेर, कम्पनीहरूको आर्थिक सूचकांकलाई हेरेर, बजारमा देखिने माग र आपूर्तिलाई हेरेर वा नेप्सेलाई हेरेर त्यसो त सेयर बजारका लगानीकर्ताहरूलाई हल्लाले पनि ठूलै प्रभाव पार्ने गरेको छ । सेयर बजारलाई हल्लाले हल्लाइरहेको छ भनेर भनिन्छ । कतिपय लगानीकर्ताहरू हल्लाको पछि लाग्ने गरेका पनि देखिन्छन् ।

पछिल्लो समयमा प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्चको फैसला आउने भएपछि सरकारले संकटकाल लगाउँछ भन्ने हल्ला गरेका कारण त्यस दिन सेयर बजारमा पहिरो गएको थियो । के त कतिपय सेयर बजारका लगानीकर्ताहरू परिपक्व नभएकै हुन् त यस्तै, केही मिडियाहरूले हल्लाको भरमा समाचार सम्प्रेषण गर्दा सेयर बजारमा असर पर्ने गरेको छ ।

प्रकाशित : 14 March, 2021

प्रतिक्रिया दिनुहोस्