तरकारी बजारमा विद्युतीय कारोबार सुरु

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०१, विराटनगरको–११ स्थित नयाँ गुद्री बजारमा एनएमबी बैंकले विद्युतीय कारोबार ९क्यूआर कोड० सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरियो तरकारी खरिद गरी नगदरहित कारोबारको सुरुवात गर्दै यस कार्यबाट रकमको सुरक्षासहित झन्झट नहुने र पारदर्शी हुने बताए ।


उनले विद्युतीय कारोबारले आधुनिक बजार विस्तारमा सहयोग पुग्नका साथै यसबाट मुलुकमा सुशासन कायम गरी रकमको सुरक्षासमेत हुने दाबी गरे । सो अवसरमा गभर्नर अधिकारीले एनएमबी बैंकले महिला उद्यमी सन्तोषी भगतलाई ४ प्रतिशत ब्याज दरमा उपलब्ध गराएको १० लाख ऋणको कागजात प्रदान गरेका थिए ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले मुलुकलाई समृद्ध बनाउन सरकारको नीतिअनुसार महिला उद्यमीहरूलाई विनाधितो ४ प्रतिशत ब्याजदरमा ऋण बैंकका १८० शाखामार्फत प्रदान गरिरहेको जानकारी दिए ।
गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतले विद्युतीय कारोबारले यस क्षेत्रका व्यापार व्यवसायमा सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : 14 March, 2021

प्रतिक्रिया दिनुहोस्