कच्चा तेलको मूल्य ७० डलर नजिक, नेपालमा उच्च मूल्यवृद्धिको संकेत

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०२,अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने क्रम जरी छ । आइतबार अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर । १५ दिन अगाडि यस्तो मूल्य ६२.४६ डलर थियो । यो अवधिमा मात्रै मूल्यमा करिब १० प्रतिशत वृद्धि भएको देखिएको हो ।

नेपालमा पछिल्लोपटक फागुन १७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजना भएको थियो । १५,१५ दिनमा मूल्य बढाउने व्यवस्था अनुसार मंगलबार भारतीय आयल कर्पोरेसनले नयाँ मूल्यसूची पठाउँछ । सोही सूचीलाई आधार बनाएर नेपाल आयल निगमले नयाँ मूल्य तोक्ने गर्छ ।

अघिल्लोपटक मूल्य निर्धारण गर्दा आयल निगमलाई पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजेलमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर २ सय ९५ रुपैयाँ ८३ पैसा नोक्सान रहेको थियो । यो नोक्सानका कारण निगम १५ दिनमा १ अर्ब ३२ करोड नोक्सानमा जाने प्रक्षेपण गरिएको थियो ।

यद्यपि स्वचालित मूल्य प्रणाली अनुसार मूल्य निर्धारण गर्दा १५ दिनमा पेट्रोल, डिजेल, मट्टितेलमा २ रुपैयाँ र एलपी ग्यासमा २५ रुपैयाँ भन्दा बढी मूल्य बढाउन पाइँदैन । अन्तराष्ट्रिय बजारमा १० प्रतिशत मूल्य बढाइएको अवस्थामा यो प्रणाली अनुसार मूल्य बढाउने हो भने घाटा झनै बढ्ने निगमले जनाएको छ ।

प्रकाशित : 14 March, 2021

प्रतिक्रिया दिनुहोस्