रोनाल्डोको कीर्तिमान

काठमाडौं । चैत्र ०२, क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा युभेन्ट्सले इटालियन सिरी मा काग्लियारीमाथि सहज जित हात पारेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई उसैको मैदानमा ३-१ ले पराजित गरेको हो ।
रोनाल्डोले ३२ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका थिए । खेलको १०औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । २५औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै अग्रता दोब्बर पारे । ६१औं मिनेटमा जियोभानी सिमिओनीले काग्लियारीका लागि एक गोल फर्काए । रोनाल्डोले आधिकारिक खेलमा ७७० गोल गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । पेलेको नाममा ७६७ गोल रहेको छ । जितपछि युभेन्ट्सले २६ खेलबाट ५५ अंक जोडेको छ र दोस्रो स्थानको एसी मिलानसंग अंकदूरी १ मा झारेको छ । एसी मिलान नापोलीसँग पराजित भएको थियो । काग्लियारी २७ खेलबाट २२ अंक जोडेर १७औं स्थानमा रहेको छ ।