नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०२, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने भएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताए।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को ‘आर्थिक संवाद’ कार्यक्रममा उनले भने, “चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा सूचिकृत हुने गरी ३० मिलियन डलरको बन्ड जारी हुँदैछ, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छौं ।” उनले सो बोन्डका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल पाउने पनि जानकारी दिए ।

लन्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट र्यापिङ’ गरि बोन्ड जारी हुने पनि उनले जानकारी दिए । पाँच वर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गर्ने पनि उनले जानकारी दिए । उनले निफ्रामा रणनीतिक साँझेदार भित्र्याउने विषयमा पनि छलफल गरिरहेको छ । ठूला विकास पूर्वाधारमा लगानी गर्ने उदेश्यले स्थापित निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता गर्नै नपर्ने पनि उनले स्पष्ट पारे।

प्रकाशित : 15 March, 2021

प्रतिक्रिया दिनुहोस्