विदेशबाट फर्कि युवाहरु केरा खेतीमा

काठमाडौं । चैत्र ०२, रबिन्द्र बराल,मोरङका युवाहरु व्यवसायिक यति खेर केरा खेती गर्ने अग्रसर हुन थालेका छन । वैदेशिक रोजगारीमा गरेर उनिहरु तीन देखि पाँचवर्षसम्म काम गरी आफ्नै देशमा पनि केही गर्न सकिन्छ भनेर युवाहरु व्यवसायिक केरा खेती गर्ने जुटेका छन विदेशमा परिश्रम गर्नु भन्दा नेपाल कै माटोमै काम गर्ने उद्देश्यले उनी हरु पछिल्लो समयमा केरा खेती लगाउने अभियान सुरु गरेका छन् । वैदेशिक रोजगारीका लागि साउदी , कुवेत तथा मलेशिया देशहरुमा पुगेका १० जना युवाहरुले अहिले माोरङको कानेपोखरी गाउँपालिका–१ स्थित होक्लाबारीमा ८५ बिघा जग्गामा मालभोग जातको केरा खेती लगाएका छन् ।
उनी हरुले वार्षिक ५० हजार रुपैयाँ तिर्ने गरी खेत भाडामा लिएर केरा खेती सुरु गरेको बताए । उक्त केरा खेतिमा ३० जना युवाहरुले रोजगारी समेत पाएका छन् । मोरङको होक्लाबारीमा लालुमाया कृषि फर्म, प्रगति कृषि फर्म, सोम केरा खेती कृषि फर्म, अम्बरमणि कृषि फर्म मार्फत व्यवसायिक केरा खेती शुरु गरेका छन ।
केरा रोपेको १८ महिना पछि फल लाग्ने गर्छ भने एक बोटमा १२ दर्जन सम्म केरा फल्छ । रोग नलागेको अवस्थामा एक पटक रोपेको बिरुबाले १२ वर्षसम्म उत्पादन गर्न सकिने कृषक हरु बताउँछन् । उहाँले केरा खेतीका लागि रु तीन देखि पाँच लाखसम्मको जोखिम व्यहोर्ने गरी प्रति बिघा रु पाँच हजार २०० बीमा रकम भुक्तानी समेत गरिएको हरिनारायण श्रेष्ठले बताए। केरामा लाग्ने गवारो रोगबाट जोगाउनका लागि सुपर डि किटनाषक औषधि प्रयोग गर्ने गरिएको छ । रोग र किराबाट जोगाउन निकै चनाखो भएर गर्नु पर्ने यो खेतीमा लाग्नेले पछुताउनु पर्ने समस्या नरहेको कृषक श्रेष्ठले बताए ।