अनुश्माको इजिप्ट उडान

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०२, ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’की विजेता अनुश्मा रायमाझी इजिप्ट उडेकी छन् । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२१’मा सहभागी हुन उनी आइतबार साँझ इजिप्ट उडेकी हुन् ।

६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगितामा उनी नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेकी हुन् । मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले उनलाई त्यसतर्फ पठाएको हो । २१ वर्षीय रायमाझीले ‘मिस इको इन्टरनेशनल’को ताज नेपाल भित्र्याउने उदेश्य सहित आफू सहभागी हुन लागेको बताइन् । १८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगितामा रायमाझी नेपाली कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थलको भिडियो सहित त्यस तर्फ उडेकी हुन् । प्रतियोगिताका लागि रायमाझीको पहिरन ड्रेस डिजाइनर मेगबी श्रेष्ठले तयार गरेकी हुन् ।

प्रकाशित : 15 March, 2021

प्रतिक्रिया दिनुहोस्