चन्द्रागिरीको शेयरमूल्य आज पनि सर्वाधिक वृद्धि

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०२, सोमबार पनि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ । आज यस कम्पनीको शेयरमूल्य ९ दशमलव ९५ प्रतिशतले बढेर ९७२ पुगेको हो ।

माघ २५ गते कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १६१ मा भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९६ दशमलव ६९ देखि २९० देखि शून्य ७ सम्मको मूल्य रेञ्ज तोकेको थियो । यो समाचार तयार पार्दासम्म नेप्से २४ अंकले बढेर डेढ अर्ब बढीको कारोबार भएको छ ।

प्रकाशित : 15 March, 2021

प्रतिक्रिया दिनुहोस्