राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप लगाउँदै

काठमाडौं । चैत्र ०२, नेपालमा दोस्रो चरणको खोप अभियान जारी रहेको छ । अहिले सरकारले ६५ वर्षभन्दा माथिका नागरिकहरुलाई कोरोनाविरुद्धको खोप लगाइरहेको छ ।
राष्ट्रपति विद्यालेवी भण्डारीले पनि आज खोप लगाउने कार्यक्रम रहेको छ । आज दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पताल महारागञ्जमा खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले २३ फागुनमा नै कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।