प्रेम प्रस्ताव राख्दै अंकमाल गरेका २ विद्यार्थी विश्वविद्यालयबाट निष्कासित

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०२, पाकिस्तानको एक विश्वविद्यालयले प्रेमप्रस्ताव राख्दै अंकमाल गरेका छात्र र छात्रालाई निस्कासित गरेको छ । लाहोर विश्वविद्यालयको शुक्रबार बसेको विशेष अनुशासन समितिको बैठकले प्रेमी छात्र र छात्रालाई निष्कासित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

विद्यार्थीहरूले गलत व्यवहार गर्दै नियम उल्लंघन गरेको विश्वविद्यालयको आरोप छ । सामाजिक सञ्जालम विद्यार्थीले प्रेम प्रस्ताव राखेको र अंकमाल गरेको भिडियो भाइरल भएपछि विश्वविद्यालयले उनीहरूलाई कारबाही गरेको हो । युवकले प्रेम प्रस्ताव स्वीकार गर्दै युवतीलाई अंकमाल गर्छन् । उनीहरूको यो गतिविधि छेउमा रहेका विद्यार्थीहरूले कैद गर्दै सामाजिक सञ्जालमा राखिदिएका हुन् ।

 

प्रकाशित : 15 March, 2021

प्रतिक्रिया दिनुहोस्