‘धर्तीमै ‘स्वर्ग’ तिलिचो ताल (फोटोफिचर)

काठमाडौं । चैत्र ०२, तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो । हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ । तिलिचो ताल विश्वको सबैभन्दा उचाईंमा स्थित कहिलिएको दक्षिण अमेरिकाको पेरु तथा बोलिभियाको सिमानामा रहेको टिटीकाका ताल भन्दा ११०७ मिटर अग्लो रहेको छ ।