बालाजु–बाइपास सडक रातारात कालोपत्रे, स्थानीय विरोधमा उत्रिए

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०२, बालाजु बाइपासको बाटो कालोपत्रे गर्न लागेपछि स्थानीयले विरोध गरेका छन्। ३९ घर भत्काइएको विवादित ठाउँसमेतमा कालोपत्रे गर्न लागेपछि आइतबार राति स्थानीयले विरोध गरेका हुन्।

बाइसधारादेखि बाइपाससम्मको करिब दुई सय मिटर कच्ची बाटो कालोपत्रे गर्न लागिएको हो। तर आफ्नो जग्गासमेत पर्ने गरी रातारात कालोपत्रे गर्न लागेपछि स्थानीयहरू आन्दोलित भएका छन्।

प्रहरीले काम भइरहेकाले स्थानीयलाई अगाडि नआउनुस् भन्दै रोकेको महेश्वरले बताए। बालाजु बाइपासमा सरकारले सडक विस्तार गर्दा आफ्ना घर–जग्गा मिचेको भन्दै स्थानीयहरू सात वर्षदेखि आन्दोलित छन्।

सडक बिस्तार गर्दा दुबैतर्फ ७–७ मिटर गर्न पर्नेमा एकातर्फ मात्रै डोजर चलाइयो। सर्वोच्चले ‘स्टे अर्डर’ दिएको भए पनि ३९ परिवारले आफ्नो घर गुमाए। स्थानीयले जग्गा भोगचलन र तिरो तिरेको कागजपत्र देखाएर आफ्नो हकदाबी गर्दै आएका छन्।

प्रकाशित : 15 March, 2021

प्रतिक्रिया दिनुहोस्