‘ए फर एप्पल’का लागि प्रमोद देखिए यस्तो गेटअपमा

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०२, कलाकार प्रमोद अग्रहरी हरेक चलचित्रमा आफूलाई भिन्न गेटअपमा प्रस्तुत गर्न माहिर छन् ।

कुनै पनि क्यारेक्टरका लागि आफ्नो शत प्रतिशत दिने प्रमोद नयाँ चलचित्र ‘ए फर एप्पल’मा काम गरिरहेका छन् । शनिबार काठमाण्डौको सोल्टी क्राउन प्लाजामा भेटिएका प्रमोदले नयाँ चलचित्रका लागि आफूले नयाँ गेटअप बनाएको बताए ।

उक्त अवार्ड समारोहमा प्रमोदले चलचित्र ‘कथा काठमाण्डु’बाट ‘उत्कृष्ट खलपात्र’को अवार्ड पनि जिते । नेपाली चलचित्र क्षेत्रमा केही कलाकारको चर्चा धेरै भएपनि उनीहरुको काम फितलो हुन्छ ।

तर, कतिपय कलाकारहरु चर्चा भन्दा बाहिर रहेर आफूलाई बलियो रुपमा प्रस्तुत गर्न माहिर छन् । प्रमोद पनि यस्तै कलाकारमा पर्छन् ।

 

प्रकाशित : 15 March, 2021

प्रतिक्रिया दिनुहोस्