डिशहोममा मनोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ संचालनमा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र ०३, डिशहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले विलकुलै नयाँ र मोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ संचालन गरेको छ ।
कार्यक्रम कमेडी क्याफे २०७७ फागुन २२ गते देखी डिशहोमको रीयालिटि टिभि च्यानल नं १०२ मा हरेक शनिबार बेलुकी ७ बजे प्रशारण भईरहेको छ ।
बिबिध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीत संगै फोन मार्फत सेलिव्रेटी, कलाकार र अन्य ब्यक्तीहरुलाई प्र्यांक(Prank) कल गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्ने छन् ।
हाँस्य टेलिसृंखलामा माने र रेन्बो सोल्टा नाम मार्फत परिचित कलाकार सुजित थापा क्षेत्री र राजु भुजेलले बिभिन्न चरित्र बनी फोन उठाउने ब्यतिलाई प्र्यांक(Prank) गर्छन । यस कार्यक्रम मार्फत डिशहोमका दर्शकले भरपुर मनोरञ्जन लिने विश्वास कम्पनीले लिएको छ ।