३ देशले नेपालको दशरथ रंगशालामा फुटबल खेल्ने

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०३, काठमाडौंको दशरथ रंगशालामा यही चैत्र १० गतेदेखि आयोजना हुने थ्रि नेशन्स कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।

अखिल नेपाल फुटबल संघका अनुसार पहिलो दिन किर्गिस्तान र बंगलादेशबिच खेल हुनेछ। यसैगरी चैत्र १२ गते नेपाल र किग्रिस्तानबिच खेल हुने कार्यक्रम छ। चैत्र १४ गते नेपाल र बंगलादेशबिच खेल हुनेछ। यस्तै चैत्र १६ गते प्रतियोगिताको प्रथम र दोश्रो स्थानकालागि खेल हुनेछ।

यो प्रतियोगिताका सबै खेल साँझ साढे ५ बजे फ्लडलाईटमा सुरु हुनेछ। सन २०१९ मा १३ औं दक्षिण एशियाली खेलकुद आयोजना भएपछि दशरथ रंगशालामा कुनै अन्तराष्ट्रिप खेल भएका छैनन।

कोभिड-१९ ले नेपालमा खेल क्षेत्रपनि तहसनहस भएको अवस्थामा यस्ता खेल आयोजनाले नेपालमा फेरि खेलमय वातावरण श्रृजना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

 

 

प्रकाशित : 16 March, 2021

प्रतिक्रिया दिनुहोस्