अफगानिस्तानको महिलालाई गीत गाउन प्रतिबन्ध

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०४, अफगानिस्तानको राजधानी काबुलमा शिक्षा निर्देशकको भर्खरै प्रकाशित विज्ञप्तिको अनुसन्धान भइरहेको छ । जुन विज्ञप्तिमा उनले भनेका छन कि १२ बर्ष भन्दा माथिका महिलाहरूको गीत सार्वजनिक रूपमा प्रतिबन्धित गरिएको छ। अफगानिस्तानका प्रधानमन्त्रिले शिक्षा निर्देशकले प्रकाशित गरेको विज्ञप्तिको जाच भैरहेको बताउनु भयो ।

लगभग दुई दशक अघि तालिबानको शासनकालमा धेरै जसो शैक्षिक शैली र महिलाहरूको संगीतबाट प्रतिबन्धित थियो। काबुलमा शिक्षा निदेर्शकको बयानमा १२ वर्ष त्यस भन्दा माथीका महिलाहरुलाइ स्कुलको कर्यक्रममा गाउन रोक लगाएको थियो । यसको साथै उमेर बद्दै गएको महिलालाइ संगीत सिकाउन पनि रोक लगएको थियो । शिक्षामन्त्रीले भन्नु भनुभयो ‘यो आदेशले उनीहरुको अडान प्रतिबिम्बित गर्दैन।उनले यो पनि भने कि यस विषयमा ध्यान दिइनेछ र आवश्यक भएमा अनुशासनात्मक कदमहरू लिन सकिन्छ।’

यस्तो खाले प्रतिबन्धले शैक्षिक अधिकारको सवालमा पछिल्तिर धकेल्ने कदम रहेको साहित्यकार र आन्दोलनकारीहरूकोे तर्क छ। केही महिलाहरूले यस आदेशलाई तालिबानी शासनको जीवनसँग तुलना गरेका छन्, जुन २००१ मा सत्ताबाट निकालिएको थियो, जब धेरैजसो महिलाहरू संगीतबाट प्रतिबन्धित थिए।त्यस्तै अफगानिस्तानका एक उत्कृष्ट लेखक र कवि शफिका खपलावाकले ट्वीट गर्नु भएको छ , भगवानले हामीलाई माफ गर्नुहोला , मानिस यति क्रूर हुन सक्छ कि उसले बच्चालाई लैङ्गिक आधारित दृष्टिकोणबाट पनि देख्न सक्छ।’

 

 

 

प्रकाशित : 17 March, 2021

प्रतिक्रिया दिनुहोस्