नाइजरमा बन्दुकधारीको आक्रमणबाट ५८ जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र ०४, अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ५८ जनाको ज्यान गएको छ । मालीसँगको सीमा क्षेत्रमा हिजो मंगलबार भएको आक्रमणमा ५८ जना मारिएका नाइजर सरकारले बताएको हो ।
बीबीसीका अनुसार तिलाबेरी क्षेत्रको बजारबाट चारवटा गाडीमा आउँदै गरेका नागरिकलाई लक्षित गरी बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणको कुनै पनि समूहले जिम्मेवारी नलिएको खबरमा उल्लेख रहेको छ । नाइजरमा अहिले दुई वटा विद्रोही समूह सक्रिय रहेका छन् । पश्चिममा माली र बुर्किना फासो नजिक तथा अर्को समूह नाइजेरियासँग सीमा जोडिएको दक्षिण पूर्वी क्षेत्रमा सक्रिय रहेको बीबीसीले उल्लेख गरेको छ ।