संसारकै सबैभन्दा सुन्दर इन्द्रेणी देखिने ठाउँ

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०४, संसारका सबैभन्दा सुन्दर इन्द्रेणीहरू हवाई (Hawaii) द्वीपमा बन्ने गर्छन् । त्यसैले इन्द्रेणीलाई हवाई द्वीपको संस्कृतिको अहम् हिस्सा पनि मानिन्छ । हवाई भाषाका विभिन्न शब्दमा समेत इन्द्रेणीको झलक पाइन्छ । हवाईको पौराणिक कथामा इन्द्रेणीलाई परिवर्तनका साथै प्रथ्वी र स्वर्गबीचको पुलसमेत भनिन्छ ।

इन्द्रेणी निर्माण हुनका लागि वर्षा, सूर्यको किरण तथा क्षितिजबीच ४० डिग्रीको कोण जरुरी हुन्छ । बिहान सूर्योदय पश्चात सूर्य र क्षितिजबीच बन्ने कोण बढ्ने क्रममा हुन्छ । त्यस बेला इन्द्रेणीको उचाइ घट्ने क्रममा हुन्छ यसबेला क्षितिजबाट इन्द्रेणी देखिँदैन । सूर्यास्तको समयमा स्थिति यसको ठीक उल्टो हुन्छ र सूर्यास्त हुनु ठीक अगाडि सबैभन्दा लामो इन्द्रेणी देखिने गर्छ ।

हवाईमा इन्द्रेणी बन्ने अर्को कारण भनेको दिउँसोको तापक्रम । जसले पहाडको स्तरमा वायु सञ्चार हुने गर्छ । त्यसको परिणाम होआहु तथा कायुआईको टुप्पामा दिउँसो वर्षा हुनेगर्छ । जसका कारण सूर्यास्तको समयमा सुन्दर इन्द्रेणी बन्न पुग्छ । उक्त द्वीपमा वायु एकदमै सफा हुनेगर्छ । यस ठाउँमा धुलोका कणहरु हुँदैनन् । यसैले यहाँ एकदमै सफा र सातै रङ स्पष्ट देखिने इन्द्रेणी देखिने गर्छ ।

 

 

 

प्रकाशित : 17 March, 2021

प्रतिक्रिया दिनुहोस्