सकियो सम्हालिन्छ कहिले मन

सहयात्रा टिभी

फिल्म सम्हालिन्छ कहिले मन को छायाँकन सकिएको छ । दुबईका विभिन्न लोकेशनमा केही दृश्य र गीतको छायाँकनसँगै फिल्म सकिएको हो । निर्देशक सुदर्शन थापाले फिल्म दुबईको छायाँकनसँगै सकिएको जानकारी दिए ।

लण्डन, मुस्ताङको छायाँकन पछि फिल्म युनिट दुवईमा पुगेको थियो । फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको छ । नयाँ बर्षको १८ भदौमा रिलिज हुने बताइएको फिल्म गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतको समेत अभिनय रहेको छ ।
अर्जुन पोखरेल र तारा प्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा, सौरभ लामाको छायाँकन रहेको फिल्म अमित बस्नेतलले निर्माण गरेका हुन् ।
परी राना र अजितकुमार थापा सह–निर्माताको रुपमा रहेको फिल्मको कार्यकारी निर्माता सनिष खकुरेल हुन् ।

 

प्रकाशित : 17 March, 2021

प्रतिक्रिया दिनुहोस्