सर्वोतम सिमेन्टले ६० लाख कित्ता आईपीओ जारी गर्ने

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०४, सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ सिस्टममार्फत ६० लाख कित्ता बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता सेयर संस्थागत लगानीकर्ता,स्थानीय जिल्लावासी र कर्मचारी तथा अन्य सर्वसाधारणका लागि आईपीओको रुपमा जारी गर्ने भएको हो ।

कम्पनीका अनुसार कुल ६० लाख कित्ता सेयर मध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताहरुका लागि,८ लाख कित्ता स्थानीय जिल्लाबासीका लागि र बाँकी २८ लाख कित्ता सेयर कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको हो ।

प्रकाशित : 17 March, 2021

प्रतिक्रिया दिनुहोस्