जापानमा ५.३ म्याग्नीच्यूडको भूकम्प

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०४, जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५:२९ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराईमा रहेको थियो । भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले बताएको छ ।

 

 

प्रकाशित : 17 March, 2021

प्रतिक्रिया दिनुहोस्