सुन्दरता बढाउन गरीएको कस्मेटिक सर्जरीले कुहायो नाक
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र ०४, एक रियालिटी टिभी स्टारले आफ्नो सुन्दरता बढाउनका लागि कस्मेटिक सर्जरी गर्ने निर्णय गरेकी थिइन् । तर अब महिलाको नाक कुहिन थालेको छ । महिला आफैंले इन्स्टाग्राममा दोस्रो शल्यक्रिया गराउनका लागि आर्थिक सहयोग मागेकी छिन् ।
डेली मेलको रिपोर्ट अनुसार २९ वर्षकी युवती एनास्तसिया वलिन्स्कया, बेलारुसमा बस्छिन् । एनास्तसियाका अनुसार शल्यक्रियामा गडबडी भएका कारण समस्या निम्तिएको हो । एनास्तसियाका अनुसार उनको नाक असाध्यै सुन्निएको थियो । उनले कस्मेटिक सर्जरी गराएको थुप्रै वर्ष बितिसकेको बताएकी छिन् तर अब नाक बचाउनका लागि उनले ढिला नगरी शल्यक्रिया गर्नुपर्ने बताएकी छिन् । उनले भनेकी छिन्, ‘डाक्टरले मलाई नाक बचाउनका लागि दुई महिनाको मात्र समय भएको बताएका छन् ।’