चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

काठमाडौं । चैत्र ०५, इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो।
चेल्सी समग्रमा ३-० को जितसहित अन्तिम आठमा पुगेको होभने पहिलो लेगमा चेल्सीले एट्लेटिकोलाई १-० ले हराएको थियो। घरेलु मैदानमा भएको दोस्रो लेगमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र इमर्सनले एक एक गोल गरे।
यससँगै चेल्सी ७ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। चेल्सी सन् २०१३/१४ को सिजनपछि पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो।