अर्घाखाँचीमा ४९ जनाले गरे आत्महत्या गरेको पुष्टि

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०५, चालु आर्थिक वर्षमा अर्घाखाँचीमा ४९ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा बढी झुण्डीएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीे बताएको छ ।

मानसिक तनाव, प्रेम सम्बन्ध, बहुविवाह, बढ्दो प्रविधिसँगै आएको विकृति, घरेलु हिंसा लगायतका कारणले आत्महत्याका घटना बढेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिनुभयो । जिल्लामा आत्महत्या गर्नेको संख्या बढ्दै गएपनि स्थानीयले जागरुकता सम्बन्धी कुनै कार्यक्रम गरेका छैनन् ।

 

 

प्रकाशित : 18 March, 2021

प्रतिक्रिया दिनुहोस्