‘द भ्वाइस अफ नेपाल सिजन–३’ शुक्रबारबाट सुरु हुदैँ

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०५, गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३’ शुक्रबारबाट सुरु हुने भएको छ । हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार कार्यक्रम प्रसारण हुने कार्यक्रम निर्देशक लक्ष्मण पौडेल बताए ।


डिजिटल अडिसनमा सहभागी भएका करिव ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले शोको ‘ब्लाइन्ड अडिसन’मा कोचको सामना गर्नेछन् । यसपटक भ्वाइसको टिमले कोचमा सामान्य परिवर्तन गरेको छ । टिममा चर्चित गायिका तृष्णा गुरुङ भित्रिएकी छिन् भने आस्था राउत बाहिरिएकी छन् । यसअघिका कोचहरु दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामालाई पनि यो सिजनमा देख्न पाइने छ ।

प्रकाशित : 18 March, 2021

प्रतिक्रिया दिनुहोस्