तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको निधन

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०५, तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधवार राति मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत सार्वजनिक गरेका हुन् ।

मगुफुली करिब तीन साता यतादेखि सार्वजनिक रूपमा देखा परेका थिएनन् । यसैकारण पनि उनको स्वास्थ्यको विषयलाई लिएर देशभित्र विभिन्न हल्ला गरिएको थियो । उनलाई कोरोना भाइरसको संक्रमण भएको पनि बताइएको थियो । तर पनि यस विषयमा सरकारले आधिकारिक रुपमा कुनै सूचना दिएको छैन । मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित हुनुभएको थियो । सन् २०१५ को अक्टोबरमा आफ्नो ५६औँ जन्मदिनकै अवसरमा उनी देशको राष्ट्रपति घोषित भएका थिए । गत वर्षको चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

 

प्रकाशित : 18 March, 2021

प्रतिक्रिया दिनुहोस्