यी बलिउड नायिकाले हजुरआमा बन्ने उमेरमा विवाह गरे

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०५, सामान्यतया हाम्रो नेपाली समाजमा २० देखि ३५ वर्षको अन्तरालमा विवाह गर्ने गरिन्छ। जीवनमा विवाहले ढिलो मात्र ठाउँ पाउने गरेको देख्न सकिन्छ। नेपाली चलचित्र क्षेत्रमा मात्र नभई बलिउडमा पनि ढिलो विवाह गर्ने कलाकारहरु देख्न सकिन्छ। यस्तै ढिला विवाग गर्ने केहि बलिउड कलाकारहरुको बारेमा आज हामी यस लेखमा चर्चौ गर्ने छौँ।

सुहासिनी मुले
बलिउडमा मात्र नभई सानो पर्दामा पनि चर्चित रहेका नायिका सुहासिनीले विवाह गरेको उमेर सुनेर धेरैलाई अचम्म लाग्न सक्छ। यी नायिकाले २०११ मा अतुल गुर्टू नाम गरेका एक डाक्टरसँग विवाह गरेकी थिइन्। सुहासिनीले हजुर आमा बन्ने उमेरमा विवाह गरेकी थिइन्।

उर्मिला मातोडकर
बलिउडकी रंगीला गर्ल उर्मिलाले मोहसिन अख्तर मीरसँग सन् २०१६ मा विवाह गरेकी थिइन्। ४२ वर्षको उमेरमा विवाह गरेकी उर्मिलाको अहिले सम्म कुनै बच्चा भने छैनन्।

नीना गुप्ता
बलिउडकी पुरानी नायिका नीना गुप्ताले पनि धेरै ढिलो विवाह गरेकी थिइन्। ४९ वर्षको उमेरमा विवेक मेहरासँग विवाह गरेकी थिइन्। धेरै ढिला विवाह गरेको कारण नीना गुप्तालाई हजुर आमा बन्ने उमेरमा विवाह गर्ने नायिका पनि भन्ने गरिन्छ।

प्रिटी जिन्टा
अहिले बलिउड चलचित्रहरुमा खासै देखा नपर्ने प्रिटी जिन्टा कुनै समयमा धेरै चलेकी थिइन्। उनले जेने गुडइनफसँग ४१ वर्षको उमेरमा विवाह गरेकी थिइन्।

 

 

प्रकाशित : 18 March, 2021

प्रतिक्रिया दिनुहोस्