धेरै केरा खाँदा यस्तो घातक हुन सक्छ
सहयात्रा टिभी
काठमाडौं । चैत्र ०५, केरा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । केरा स्वादिष्ट हुनुका साथै पौष्टिक तत्वले पनि भरपुर हुन्छ । तर, केरा धेरै खाँदा यसले नकारात्मक असर पनि पार्छ ।
नकारात्मक असरहरु:
- केराको अत्यधिक सेवनले माइग्रेनको समस्या झन् बढाउँछ । केरामा पाइने Tyramine नामक तत्वले माइग्रेनको दुखाई झन् बढाउँछ ।
- केरामा पोटाशियमको मात्रा अधिक हुन्छ । यसको धेरै सेवन गर्दा रगतमा पोटाशियमको मात्रा बढ्छ । जसको कारण हाइपरकेलेमिया नामक रोग लाग्न सक्छ ।
- केही व्यक्तिहरुका लागि केराको सेवन हृदयघातको कारण पनि बन्न सक्छ ।
- केरामा स्टार्चको मात्रा धेरै हुने भएकाले यसले दाँतलाई पनि असर गर्छ ।
- कसैलाई केराको धेरै सेवनले एलर्जी हुन सक्छ । यदि कसैलाई केराको कारण एलर्जी हुने समस्या छ भने डाक्टरको सल्लाह लिन आवश्यक छ ।
- केरा धेरै खाँदा तौल बढ्ने समस्या पनि पैदा हुन्छ । तौल कम गर्ने योजनामा हुने व्यक्तिले केराको सेवन गर्न हुँदैन ।
- एसिडिटी र कब्जियत हुने समस्या भएका व्यक्तिहरुले केराको सेवन गर्नुहुँदेन । यसले ग्यासको समस्या बढाउँछ ।
- केरामा प्रोटिनको मात्रा धेरै हुने भएकाले धेरै सेवन गर्दा मांसपेशी कमजोर हुने खतरा बढ्छ ।