टोटनह्याम युरोपा लिगबाट बाहिरियो

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०६, इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एसी मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै युनाईटेड समग्रमा २–१ को जितसहित अन्तिम आठमा पुगेको हो ।

स्पेनिस क्लब ग्रानडा, भिल्ला रियलले अन्तिम आठमा स्थान बनाउँदा आयाक्स पनि अन्तिम आठमा पुगेका छनु । रोमाले पनि क्वाटरफाइनलको यात्रा तय गरेको छ । यस्तै आर्सनल अन्तिम १६ को दोस्रो लेगमा ग्रीसको ओलम्पियाकोससँग १–० ले पराजित अन्तिम आठमा पुगेको छ ।

घरेलु मैदानमा हारको बाबजुत आर्सनल समग्रमा ३–२ को जितसहित अन्तिम आठमा पुगेको हो भने पहिलो लेगमा आर्सनलले ३–१ गोलको फराकिलो जित निकालेको थियो । अर्को इंग्लिस क्लब टोटेनहम भने अन्तिम १६ बाटै बाहिरिएको छ ।

दोस्रो लेगमा क्रोएसियाको डाइनामो जाग्रेबसँग ३–० ले पराजित भएपछि टोटेनहम समग्रमा ३–२ को हार व्यहोर्दै बाहिरिएको हो । पहिलो लेगमा टोटेनहमले २–० को जित निकालेको थियो ।

प्रकाशित : 19 March, 2021

प्रतिक्रिया दिनुहोस्