शाहरुखको भन्दा महँगो भ्यानिटी भ्यान चढ्छन् महेश बाबु

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०६, दक्षिण भारतीय फिल्म स्टार महेश बाबु ८ करोड भारतीय रुपैयाँ बराबरको भ्यानिटी भ्यान चढ्छन्। फिल्म जगतमा महेश बाबु तिनै भ्यानिटी भ्यान कारण चर्चामा छन्। किनकि उक्त कार शाहरुख खानले चढ्ने भ्यानभन्दा पनि महँगो छ।

भारतीय सञ्चारमाध्यमका अनुसार महेश बाबु चढ्ने भ्यानिटी भ्यानमा स्याटलाइट टिभी र मिनी किचेन समेत रहेको छ। तातो गरम गर्ने वासरुम, मिटिङ रुम र बेड रुम पनि रहेको छ। हालसालै तमन्ना भाटिया र सन्दीप रेड्डीसँग गरिएको एड सुटिङ उनले त्यही भ्यान प्रयोग गरेका थिए।

प्रकाशित : 19 March, 2021

प्रतिक्रिया दिनुहोस्