एक दशक पुरा गर्दै डिशहोमको प्लस मुभिच्यानल

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०८,  टेलिभिजनमा नेपाली चलचित्रहरु मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उदेश्य सहित डिशहोमले शुरु गरेको प्लस मुभिच्यानलले एक दशक पुरा गरेको छ ।

डिशहोममा मुभि अन डिमाण्ड नामबाट सुरु गरिएको यस च्यानल सन २०१२ देखी प्लस मुभिच्यानलको नामबाट संचालन भईरहेको छ । दैनिक ८ शो नेपाली चलचित्रहरु प्रशारण गरिरहेको यो च्यानल डिशहोमका दर्शकहरु माझ अत्यन्त लोकप्रिय रहेको छ ।

नयाँ, पुरान तथा सबै विधाका नेपाली चलचित्रहरु प्रदर्शन गरिरहेको प्लस मूभिच्यानल डिशहोममा HD गुणस्तरमा हेर्न सकिन्छ । यस च्यानल मार्फत दुरदराजका दर्शकहरुले समेत नेपालीचलचित्र सजिलै हेर्न पाएका छन् ।

प्लस मूभि संगै डिशहोमले रमाईलो, एक्सन स्पोर्टस्, सरोकार, रियालिटी टिभि, गुञ्जन, सिनेहिट्स,कमेडि प्लस्,डि मुभिज, जुनियर, राईम्स्, डि म्यूजिक, नेपाः, मधेश प्लस जस्ता आफ्नै च्यानलहरु पनि प्रशारण गरिरहेको छ ।

प्रकाशित : 21 March, 2021

प्रतिक्रिया दिनुहोस्