काठमाण्डौको वसन्तपुरमा चीर ठड्याइएसँगै होली पर्व सुरु

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०८, काठमाण्डौको हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै यस वर्षको होली पर्व सुरु भएको छ। आज बिहान ८ बजे २६ मिनेटको साइतमा वसन्तपुरमा विधिवत् चीर ठड्याइएको हो।

प्रत्येक वर्ष फागुनशुक्ल अष्टमीका दिन विभिन्न रङ्गका कपडाका ध्वजापतका सहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि होली पर्व सुरु भएको मानिन्छ । चीर ठड्याइएसँगै स्थानीयहरूले हर्ष बढाइँका साथ अबीर दलेर खुसी मनाएका छन्।

तीन तले चीरलाई फागुनशुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ । यस वर्षको होली काठमाण्डौ लगायत पहाडी जिल्लाहरूमा चैत १५ र तराई–मधेशका जिल्लाहरूमा चैत १६ मा परेको छ भने सरकारले होली पर्व मनाउन सार्वजनिक बिदा दिँदै आएको छ।

प्रकाशित : 21 March, 2021

प्रतिक्रिया दिनुहोस्