भारतीयले नै भिसा नलिई जान नपाउने यी भारतको राज्य

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०८, भारतीय नागरिकहरुले आफ्नै देशको जम्मू कश्मिर राज्यमा जानका लागि परमिट लिनुपथ्र्यो । पछि यो व्यवस्था खारेज भयो । तर, भारतमा अहिले पनि एउटा यस्तो राज्य छ जहाँ जान भारतीयले पनि भिषा लिनुपर्ने व्यवस्था छ । यो व्यवस्था हटाउन माग समेत गर्न थालिएको छ ।

नागाल्याण्डमा जानका लागि भारतीयले पनि इनर लाइन परमिट लिनुपर्ने हुन्छ । विना इनर लाइन परमिट कोही पनि भारतीय नागाल्याण्ड जान पाउँदैन् । केवल नागाल्याण्डका स्थानीय निवासीलाई मात्र यहाँ विना अनुमति घुम्ने अधिकार छ ।

हालै बीजेपी नेता अश्विनी उपाध्याय यो विषयलाई लिएर सुप्रिम कोर्ट पुगेका छन् । लोकसभामा पनि यो विषयले प्रवेश पाएको छ । जसको जवाफमा सरकारले अरुणाचल, मिजोरम, दिमापुर बाहेक नागाल्याण्डको लागि इनर लाइन परमिट जरुरी रहेको जानकारी गराएको छ । दिमापुरमा इनर लाइन परमिट लागू गर्ने राज्य सरकारको प्रस्तावको विषयमा अहिले पनि विचार विमर्श भइरहेको छ ।

भारतमा ब्रिटिश सरकारको समयमा यो इनर लाइन परमिटको व्यवस्था लागू गरिएको थियो । जुनबेला नागाल्याण्डमा विभिन्न बहुमूल्य जडिबुटी तथा औषधिको प्रचुर मात्रा थियो । जुन औषधि बेलायत पठाउने गरिन्थ्यो ।

उक्त औषधिमा अरु कसैको पहुँच नहोस भन्नका लागि बेलायत सरकारले यस्तो व्यवस्था गरेको थियो । हाल नागाल्याण्डको ९० प्रतिशत जनसंख्या क्रिश्चियन छन, भाषा अंग्रेजी छ, अनि हरेक गाउँमा चर्च छ भने त्यहाँ इनर लाइन परमिटको जरुरी छैन ।

प्रकाशित : 21 March, 2021

प्रतिक्रिया दिनुहोस्