राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०८, वाग्मती प्रदेशको राजधानी हेटौँडामा सम्पन्न स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । शनिबार मकवानपुर–११ सँग भएको फाइनल खेलमा १–० गोलअन्तरले आर्मी विजयी भएको हो ।

खेलको ३९औँ मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले गरेको गोल नै खेलमा निर्णायक बन्यो । विजयी आर्मी क्लबले रु १० लाख, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसैगरी उपविजेतामा चित्त बुझाएको मकवानपुर–११ ले पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको बताईएको छ ।

प्रकाशित : 21 March, 2021

प्रतिक्रिया दिनुहोस्