अस्ट्रेलियामा वर्षा र बाढीका कारण जनजीवन प्रभावित
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र ०८, अस्ट्रेलियाको न्यू साउथ वेल्समा मुसलधारे वर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ । बाढीका फसेकाहरुको उद्दार गरिएको छ । न्यू साउथ वेल्सको तल्लो क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित ठाउँमा जान भनिएको छ ।
सिड्नीका केही क्षेत्रमा पनि बाढीका असर पर्न सक्ने भन्दै खाली गराइएको छ । केही दिनदेखिको अविरल वर्षाले सिड्नी र आसपासका बस्तीका सडक जलमग्न छन् । सिड्नीमा झण्डै ५० लाख मानिसलाई खानेपानी सेवा प्रदान गरिरहेको बारागम्बा बाँधमा हिजो पानीको मात्रा बढी भएर बाँध बाहिर बग्न थालेपछि त्यस आसपासका बस्तीमा उच्च सतर्क रहन भनिएको छ ।