कलंकीमा एक जनाको हत्या

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०८, कलंकीमा सडक पेटीमा सुतिरहेको एक व्यक्तिको ढुंगाले हिर्काएर हत्या भएको छ। आइतबार बिहान करिब ३ बजे काठमाडौं महानगरपालिका(१४ कलंकी थापागाउँस्थित सडक पेटीमा सुतिरहेको अवस्थामा ढुंगाले हिर्काएर एक व्यक्तिको हत्या गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अशोक सिंहले जानकारी दिए।

मृत्यु हुनेमा कलंकीको थापा गाउँ सडकपेटी बस्ने ५५ वर्षीय चौधरी भन्ने छन्। उनको अरू पहिचान खुलिनसकेको एसएसपी सिंहले बताए।

प्रहरीले उनको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका घर बताउने २१ वर्षीय दिनेश थापा छन्। ढुंगाले हिर्काएपछि घाइते भएका चौधरीलाई कलंकीको सहिद अस्पताल पुर्‍याइएको थियो। तर उनको साढे ३ बजेको समयमा मृत्यु भएको हो।

प्रकाशित : 21 March, 2021

प्रतिक्रिया दिनुहोस्