दीपक दीपाले ल्याए होली गीत (भिडियो सहित)

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०८, फागु पूर्णिमा नजिकिदै गर्दा होली गीत बजारमा आउँने क्रम बढ्न थालेका छन् । यस्तै, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि होली गीत ‘धनियाँ के होली’ सार्वजनिक गरेकी छन् ।

गीतमा दीपालाई र सुमित खड्काले स्वरमा साथ दिएका छन् । निरज श्रेष्ठको संगीत रहेको गीतमा दीप नारायण राजवंशीको शब्द छ । दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरीलगायतको अभिनय रहेको भिडियो दीपाश्रीले नै निर्देशन गरेकी हुन् । भिडियोमा हरि हुमागाँइको छायाँकन, विपिन मल्लको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

प्रकाशित : 21 March, 2021

प्रतिक्रिया दिनुहोस्