काभ्रेपलाञ्चोक स्थिित बेथानचोकमा एकजना भिरबाट लडेर मृत्यु

सहयात्रा टिभी

काठमाडैं । चैत्र ०८, काभ्रेपलाञ्चोकको बेथानचोकका एक व्यक्तिको भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

शनिबार राति २:०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर धुलिखेल नगरपालिका-४ केयुमा कार्यरत वडा नं ७ बस्ने २६ वर्षीय निरोज रिजालको भिरबाट खसेर मृत्यु भएको प्रहरीले बताएको छ ।

मृतक्को शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । बेथानचोक नारायणस्थान घुम्नका लागि चार जनाको टोली शुक्रबार राति पुगेको र शौचालय जाने क्रममा सो घटना भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 21 March, 2021

प्रतिक्रिया दिनुहोस्