आजबाट गैँडा गणना सुरु हुँदै

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०९, पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना सुरु गरिएको छ। वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ गरेका हुन्। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर आजदेखि गणना सुरु गरिएको हो।

यस अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, वन मन्त्रालयका सचिव डा विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक दीपक खराल, वन विभागका महानिर्देशक मनबहादुर खड्का, वन मन्त्रालयका महाशाखा प्रमुख, विभिन्न दातृ निकायका प्रमुखको सहभागिता रहेको थियो।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गणनामा ४० वटा हात्ती र २०० जनशक्ति परिचालन गरिएको छ। दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिएका छन्।

हात्तीको दरबन्दीमा रहेका कर्मचारी खटिएका छन्। गणनामा खटिएकालाई यही चैत ६ र ७ गते सौराहामा तालीम दिइएको थियो। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार दुई निकुञ्जमा गैँडा गणना गर्न २० दिन हाराहारी लाग्ने छ।

प्रकाशित : 22 March, 2021

प्रतिक्रिया दिनुहोस्