अप्रिल महिनाभर जर्मनीमा आंशिक लकडाउन गरिने

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०९, जर्मनीमा कोरोना भाइरसको संक्रमण पुनः फैलिन थालेसँगै आगामी अप्रिल महिनाभर आंशिक लकडाउन गरिने भएको छ ।

यूरोपमा कोरोनाको फरक तथा जटिल खालका विरामी भेटिने क्रम बढेको भन्दै जर्मन सरकारले लकडाउ गर्ने बताएको हो । जर्मन चान्सलर एन्जेला मर्केलले विभिन्न क्षेत्रका राज्य सरकार प्रमुखको सुझावको आधारमा आंशिक लकडाउन गर्न लागिएको जानकारी इिन् ।

यसअघि फ्रान्स, पोल्याण्ड र फिनल्याण्डमा पनि फेरि आंशिक रुपमा लकडाउन लागु गरिसकेको छ । महामारीको तेस्रो लहरको जोखिम बढ्दै गएपछि फ्रान्सले राजधानी पेरिससहित १६ स्थानमा आंशिक लकडाउन लागु गरेको छ । पोल्याण्डमा पसल, होटल तथा खेलकुद र सांस्कृतिक गतिविधि सञ्चालन हुने केन्द्र बन्द भएका छन् । पोल्याण्डभर तीन हप्तासम्म लकडाउन लागु हुने जनाईएको छ ।

प्रकाशित : 22 March, 2021

प्रतिक्रिया दिनुहोस्