नेपाल भित्रियो १५ रुपैयाँमै ८० किलोमिटर गुड्ने सक्ने इलेक्ट्रिक स्कूटर, कति छ मूल्य ?
सहयात्रा टिभी
काठमाडौं । चैत्र ०९, नेपालमा नयाँ इलेक्ट्रिक स्कूटर भित्रिएको छ । १५ रुपैयाँ बराबरको विद्युत खपत गरेर ८० किलोमिटर गुडन सक्ने इलेक्ट्रिक स्कुटर आइतबार आधिकारिकरुपमा नेपाल भित्रिएको हो ।
इलेक्ट्रिक स्कुटर कम्पनीले नेपालको लागि आधिकारिक वितरक जम्बो ईको भेहिकल त्रिपुरेश्वरले एलभीएनइइनजी ब्राण्डको एक्स आइ र एस५ जम्बो ब्राण्ड डी०६ र एम२० मोडलका इलेक्ट्रिक स्कुटर नेपाल भित्राएको छ । यी स्कुटरमा पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्राण्डको तुलनामा अब्बल रहेका साथै यसमा प्रयोग भएका पाट्सहरु संसारकै उत्कृष्ट कम्पनीका रहेको जनाइएको छ ।
कम्पनीका संचालक नारायण गौतमले एक्स आइ स्कुटरको मूल्य दुई लाख ६० हजार, एस५ को दुइ लाख ९९ हजार ९ सय ९९ रुपैया, डी०६ को दुई लाख ३५ हजार र एम२० को एक लाख ८५ हजार मूल्य रहेको जानकारी दिए ।