आज केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौँ । चैत १०, स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण आज दिउँसो विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जानकारी दिइन् ।
आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर २९ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ ।