पत्रकार महासंघको निर्वाचन

सहयात्रा टिभी

काठमाडौं । चैत्र १०, नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुने निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ ।

पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले मतदाताको नामावली सार्वजनिक गरेको हो भने प्रकाशित मतदाता नामावलीमा दाबी विरोध गर्ने समयावधि चैत १० गते साँझ ५ बजेसम्मका लागि तोकेको बताईएको छ ।

महासङ्घको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन् ।

प्रकाशित : 23 March, 2021

प्रतिक्रिया दिनुहोस्