विश्वकै अग्लो उचाईमा रेकर्ड गरिएको गीत ‘वल्र्ड रेकर्ड’मा दर्ता (भिडियो सहित)

सहयात्रा टिभी

काठमाडौं । चैत्र १०, गायिका बविना किरातीको गीत ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता भएको छ । उनको नेपाली भाषाको गीत ‘गोक्यो रि’ले विश्वकै अग्लो उचाई (४८१३ मिटर)मा रेकर्ड गरिएको गीत र भिडियोको रुपमा दर्ता भएको हो ।

सोलुखुम्बुमा अवस्थित गोक्यो ताल क्षेत्रमा लाईभ बाजा सहित लाईभ गाएर गीतको अडियो रेकर्ड तथा भिडियो छायाँकन गरिएको गरिएको थियो । गीतकार मिलन किराँतीको शव्द, संगीतकार विक्रम राईको संगीतमा लोकप्रिय गायिका वविना किराँतीको सुमधुर आवाजमा दिएकी छिन् ।

भिडियो पनि गायिका किरातीकै युटुयुब च्यानल मार्फत सार्वजनिक गरिएको छ भने रेकडिष्ट छिरिङ भोटेले गीतको रेकर्ड गरेका हुन् । पर्यटन प्रवद्र्धनको लक्ष्य राख्दै अघि बढाएको प्रोजेक्टले विश्व रेकर्ड कायम गर्दा गौरबको महसुस भएको प्रोजेक्टका अवधारणाकर्ता तथा पर्यटन व्यवसायी सन्च खालिङले बताए । ‘रेकर्डिङ सिष्टम गोक्योमै लगेर गीत रेकर्ड गरिएको हो ।’ उनले भने, ‘गीतको रेकर्ड साउण्ड रेकडिष्ट छिरिङ भोटेले गर्नुभएको हो ।’ यसैगरी गिनिज बुक गीत दर्ता भएपछि गीतकार मिलन किराँती खुसी व्यक्त गर्दे गीतका सम्पुर्ण टिमलाई बधाई दिए ।

प्रकाशित : 23 March, 2021

प्रतिक्रिया दिनुहोस्