अफगानिस्तानमा हिमपहिरोमा परी एउटै घरका दुई जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र १०, अफगानिस्तानको उत्तरी प्रान्त बादाख्शानको शाकाई जिल्लामा मंगलबार गएको हिम पहिरोमा परी एउटै घरका दुई व्यक्तिको ज्यान जानुको साथै अन्य र दुईजना घाइते भएका प्रान्तीय परिषदका सदस्य मेहबुब रहमानले जनाएका छन् ।
उक्त हिमाली जिल्लाको पहाडी सांगिच गाउँमा मंगलबार बिहानको यस प्राकृतिक प्रकोपमा परी एक पिता र उनकै छोराको मृत्यु भएको छ भने एकै परिवारका दुईजना घाइते भएका अधिकारीहरु बताएका छन् ।