ट्विटरका संस्थापक ज्याक डोर्सीको पहिलो ट्वीट २९ लाख डलरमा बिक्रि
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र १०, ट्विटरका संस्थापक तथा प्रमुख कार्यकारी ज्याक डोर्सीले आफ्नो पहिलो ट्वीटलाई सोमबार २९ लाख डलरमा बेचेका छन्। उक्त ट्वीट ननफन्गीबल टोकन (एनएफटी) को रूपमा हो जून एक प्रकारको अनौंठो डिजिटल सम्पत्ति हो र २०२१ मा लोकप्रिय भएको जनाईएको छ।
डोर्सीको पहिलो ट्वीट मार्च २१ मा गरिएको थियो जुन ट्वीटमा ‘केवल मेरो ट्विटर स्थापना गर्दै’ (just setting up my twittr) लेखिएको थियो। यो एनएफटी लिलामी मार्फत भ्यालुएबल नामक एक प्लेटफर्ममा बेचिएको थियो, जो संयुक्त राज्य अमेरिकामा आधारित कम्पनी सेन्टको स्वामित्वमा रहेको छ।
सेन्टका सीईओ र सह९संस्थापक क्यामेरून हेजाजीकाअनुसार यो १६३०.५८२५६०१ ईटीएचमा क्रिप्टोकरन्सी ईथरको प्रयोगबाट खरीद गरिएको हो, जुन बिक्रीको समयमा २९ लाख १५ हजार डलर मूल्य भन्दा बढि थियो।