ट्याङ्कीभित्र शव भेटियो

काठमाडौं । चैत्र १०, काठमाडौँको टोखास्थित निर्माणाधीन घरको ट्याङ्कीभित्र पुष्पराज गुरुङको शव फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ । समाचार तयार पार्दा रिजर्भ ट्याङ्कीबाट शव निकाल्ने प्रयास भइरहेको छ । प्यूठान घर भएका एकजना मजदुर एक महिनाअघि हराएका थिए । शवको पहिचान भैसकेको छैन । गुरुङको घर निर्माणको काम गरिरहेका मजदुर हराएको उनका आफन्तले परिवारलाई जानकारी गराएका छन् ।