प्राणायामका फाइदाहरू तथा केहि नियमहरू
काठमाडौं । चैत्र ११, जब एक व्यक्ति जन्मन्छ, उसले गहिरो सास फेर्छ र जब ऊ मर्छ, ऊ पूर्ण रुपले बाहिर निस्किन्छ। साँच्चै भन्ने हो भने श्वास नै जीवन हो । यसैले सम्पूर्ण शरीरलाई चलाएमान बनाएको छ। प्राणायाम दुई शब्द मिलेर बनेको छ, ‘प्राण’ र ‘आयाम’ । प्राण शब्दको सामान्य अर्थ हो जीवन्तता या सक्रियता । आयामको अर्थ हुन्छ नियन्त्रण। समग्रमा भन्ने हो भने प्राणलाई नियन्त्रण गर्नु नै प्राणायम हो ।
योगदर्शन अनुसार–
तस्मिन् सति श्वासप्रश्वासयोगर्तिविच्छेदः प्राणायाम (२।४९) अर्थात्, आसन स्थिर भएपछि श्वास भित्र लिने र श्वास बाहिर छोड्ने स्वाभाविक गतिलाई विच्छिन्न गर्नुलाई प्राणायाम भनिन्छ।
जब हामी सास फेर्छौँ, हावा भित्र पस्ने र बाहिर निस्कने गर्छ। हावालाई पाँच भागमा बाँडिन्छ वा यो शरीरको पाँच स्थानमा स्थिर हुन्छ भन्ने गरिन्छ। त्यसैले यसलाई शरीरको पन्चकहरू भनिन्छ।
- प्राण
- अपान
- उदान
- समान
- ध्यान
प्राणायामका प्रकार
- भस्त्रिका प्राणायाम
- कपालभाति प्राणायाम
- वाह्य प्राणायाम
- अनुलोम– विलोम प्राणायाम
- भ्रामरि प्राणायाम
- नाड़ी–शोधन प्राणायाम
- सूर्यभेदी या सूर्यागं प्राणायाम
- चन्द्रभेदी या चंद्राग प्राणायाम
- कर्नरोगान्तक प्राणाया
- शीतली प्राणायाम
- सित्कारी प्राणायाम
- मुछर्या प्राणायाम
- प्लाविनी प्राणायाम
- केवली प्राणायाम
- ओम्कार जप
प्राणायामका केही नियम
- आफूलाई सजिलो लाग्ने आसन (सिद्धासन, बज्रासन अथवा पद्मासन) मा बस्नुपर्ने हुन्छ।
- वरीपरीको वातावरण निर्मल, स्वच्छ, सान्त तथा एकान्त हुनुपर्छ।
- मेरुदण्ड सधैं सिधा तथा शरीर सहज हुनुपर्छ ।
- स्वास लिँदा सधैं नाकबाट लिनुपर्ने हुन्छ।
- प्राणायाम गर्नु अघि योग गर्नु फाइदाजनक मानिन्छ।
- भोजन सात्विक हुनुपर्छ साथै प्राणायाम गर्ने व्यक्तिले भाङ, धतुरो, रक्सी चुरोट जस्ता लागुपदार्थ प्रयोग गर्नुहुन्न।
- गर्भवती महिला, धेरै भोकाएको अवस्था, ज्वरो आएको अवस्था तथा अनिन्द्राको समयमा प्राणायाम गर्नुहुन्न ।
- अघाएको पेटमा (कम्तीमा खाएको ३ घण्टासम्म) प्राणायाम गर्नुहुन्न।
- मैथुन या सम्भोग कार्य गर्ने वित्तिकै प्राणायाम गर्नुहुन्न ।
प्राणायाम गर्दाका फाइदाहरू
- मन स्थिर, शान्त, प्रसन्न तथा उत्साहित हुन्छ।
- हृदय,कलेजो तथा मस्तिष्क सम्बन्धि सम्पूर्ण रोग ठिक हुन्छ।
- मोटोपन, मधुमेह, गैस, कब्जियत, अम्लपित्त, मृगौला तथा पोस्टेट सम्बन्धी रोग ठिक हुन्छन् ।
- पाचनतन्त्र पूर्ण स्वस्थ रहन्छ।
- नकारात्मक विचार समाप्त भएर सकारात्मक विचार उत्पन्न हुन थाल्छ।
- रक्तचाप सम्बन्धी समस्याहरूबाट बच्न सकिन्छ।
- थायरायड टन्सिल जस्ता घाँटीका सम्पूर्ण रोग निको हुन्छन् ।
- ७२ करोड़, ७२ लाख, १० हजार दुई सय नाडीहरू शुद्ध हुन्छन् ।
- तीन दोष (वात,पित्त, कफ) समतामा रहन्छ।
- ध्यान गर्नका लागि सामर्थ्य प्राप्त हुन्छ ।
- कुण्डलिनी जागरण गर्न शक्ति प्राप्त हुन्छ।