नासाद्धारा आगामी अप्रिलमा मंगलग्रहमा पहिलो हेलिकप्टर उडान गर्ने
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र ११, अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले यहि अप्रिलको शुरुमा र संभवत अप्रिल ८ तारिखमा मंगलग्रहमा पहिलो हेलिकप्टर उडान गर्ने अपेक्षा गरेको छ। पर्सिभेरन्स रोभरले सानो हेलिकप्टर रेड प्लानेटमा लगेको छ, जुन रोभरले एक महिना भन्दा पहिले जेजेरो क्रेटरमा यसको नाटकीय ल्यान्डिङ्ग गरेको थियो।
यो ओर्भिल र विल्बर राइटको रेफरेन्स हो, जसले १९०३ मा यहाँ पृथ्वीमा ऐतिहासिक पहिलो विमान उडान गरेका थिए। र त्यो समयको अवस्थालाई सम्पर्क र चिन्हित गर्न एजेन्सीले राइट दाजुभाइहरूको विमानको एक पखेटामा रहेको हुलाक टिकट आकारको कपडालाई इनज्यूनिटीमा टाँसिएको खुलासा गरेको छ। सो हेलिकप्टर अझै पनि पर्सिभेरन्ससंग यसको पेटमा जोडिएको छ। त्यसमा राखिएको सुरक्षा कवच भने गत सातामा हटाईएको थियो र आउँदो दिनमा सो क्राफ्ट भुईमा हुनेछ।
इनज्यूनिटीलाई एकदम हल्का बनावटसहित तयार पारिएको छ। यो मंगल ग्रहको निकै कम हावा भएको वातावरणमा पनि उचाई प्राप्त गर्न सक्ने किसिमको छ। यसमा चारवटा विशेष कार्बन फाइबर ब्लेडहरू छन्, दुईवटा १ मिटर लामो रोटर्समा मिलाइएको जुन प्रति मिनेट २,४०० आरपीएममा विपरित दिशामा स्पिन हुन्छ। त्यो ब्लेड पृथ्वीमा यात्रु हेलिकप्टरको ब्लेड खोल्नु भन्दा ८ गुणा तिब्र किसिमको रहेको छ।